विश्व शान्तिको लागि ONLINE प्रदीप पूजा

माघ पूर्णिमा

२०७७ फागुन १४ गते, शुक्रवार

ई.स. २०२१ फेब्रुवरी २६, तारिक

वाट फ्रा धम्मकाय विहार, थाइल्याण्ड

ZOOM बाट प्रत्यक्ष प्रसारण

हरेक वर्ष तेस्रो महिनाको पूर्णिमाको दिनलाई माघ पूर्णिमा भनिन्छ । वाट फ्रा धम्मकाय विहार, थाइल्याण्डमा यो दिन दियो बाली बुद्धलाई प्रदीप पूजा गर्ने कार्यक्रम बर्षैनि गर्दै आइरहेको छ । यो माघ पूर्णिमाको दिनले बौद्ध जगतमा ४ प्रकारको महत्त्व बोकेको छ । ती हुन् १) तेस्रो महिनाको पूर्णिमा २) १,२५० जना भिक्षुहरु एक साथ तथागत बुद्धलाई भेत्न आउँनु र कसैले कसैलाई बोलाएको थिएन । ३) सबै भिक्षुहरु स्वयम बुद्धबाट “ एहि भिक्खु उपस्मपदा ” द्वारा भिक्षुत्व प्राप्त गरेका । ४) र सबै जना अरहन्त भिक्षुहरु थिए । यसरी चार कुराहरु संयोग वश जुतेको भएर यसलाई “ चतुरंग सन्तिपात ” पनि भनिएको छ । अनि यही दिनमा भगवान बुद्धले भिक्षुहरुलाई धर्म प्रचार गर्न सजिलो होस् भनि भिक्षुहरुले पालन गर्नु पर्ने २२७ वटा नियम “ प्रातिमोक्क्ष ओवाद ” पनि देशना गर्नु भएको थियो ।

साधारण तया यो दिन वाट फ्रा धम्मकाय विहारमा हुने प्रदीप पूजा कार्यक्रममा देश-विदेशबाट विभिन्न जात जाति र शासनाका मानिसहरु यो महत्त्व पूर्ण दिनमा सहभागी हुन आउँने गर्दछन् । यस दिन साँझको समयमा दश लाख बुद्ध मुर्ति राखि निर्माण गरिएको महाधम्मकाय चैत्यको अगाडी लाखौं सङ्ख्यामा दियो बाली त्रिरत्नलाई पूरा गरी सारा संसार र चक्रवालमा भएका प्राणि, आफन्त र साथि भाईहरुलाई मैत्री राखि मंगलको कामना गरिन्छ ।

२०७७ फागुन १४ गते शुक्रवार, तद अनुसार सन् २०२१ फेब्रुवरी २६ तारिक, माघ पूर्णिमाको दिन महाधम्मकाय चैत्यको अगाडी दशौ लाखको सङ्ख्यामा दियो बालि हुने प्रदीप पूजामा यहाँहरु सबलाई मन देखि विनम्रका साथ आमन्त्रित गर्दछु । यो कार्यक्रमलाई ZOOM बाट प्रत्यक्ष प्रसारण गरिनेछ । ONLINE को ZOOM बाट आफ्नो मनलाई त्रिरत्नलाई प्रदीप द्वारा गरिने शक्तिसिद्ध पूजा विधिमा पाठाइँदा लाखौ दियोको उज्जालोले घेरिएको महाधम्मकाय चैत्यको दृश्यलाई देख्दा त्यस संग संगै हाम्रो चित्त पनि उज्जालो चम्किलो र शान्त हुनाको साथ त्यो रमणिय पुण्य दृश्य हाम्रो मनमा स्मरण भैरहनेछ ।

हाम्रो हरेक दियोले विश्व शान्तिको संकेत गर्दछ ।

माघ पूर्णिमाको दिन

यस प्रदीप पूजा कार्यक्रममा संसारका सबै मानिसहरु एक साथ आफ्नो मनलाई एकाग्र गरी ध्यान भावना गर्ने गर्दछन् । र ध्यान भावनाको माध्यमबाट संसारका सबै मानिसहरुले एक साथ संसार भरका सबै प्राणिहरुमा शुद्ध उर्जा मिलोस्, सारा दुःख कष्टबाट मुक्त भई स्वतन्त्र जीवन मिलोस् र सबैको जीवनमा केवल खुसी नै खुसी मिलोस् भनी मैत्री भावना राखि शुभकामना गर्नेछन् ।

र एकै समयमा ONLINE बाट उपस्थित सबले आ-आफ्नो ठाउँबाट दियो बालि ल्याउँदा, एक अर्कालाई शान्ति दीपबाट एकको मनबाट अर्को मनमा शान्तिको प्रकाश छरिदिएको झै हुनेछ । संसारको हरेक कुन्नाबाट बालि ल्याएको दियोले विश्वमै शान्तिको प्रकाश छरिएको समान हुनेछ ।

माघ पूर्णिमाको इतिहास

संसारका सबै जनजातीहरुले दुःखबाट मुक्त भएको स्वतन्त्र जीवन खोजि रहेको हुन्छ । तर कसैले पनि फेला पार्न सकेको छैन । करिब २,६०० वर्ष अगि भगवान बुद्धले बोधी रूखमुनि बोधिज्ञान प्राप्त गरेपछि, उहाँले मानव जीवन र ब्रह्माण्डको सत्यता प्राप्त गरेका थिए । यसबाहेक उहाँले साँचो आन्तरिक सुख पनि प्राप्त गर्नु भएको थियो । त्यो खुसीले गर्दा उहाँले  फेरि जीवनको चक्रमा पुनर्जन्म लिनु परेको थिएन ।

भगवान बुद्ध द्वारा यो  महत्त्वपूर्ण दिनमा  ओवाद प्रातिमोक्क्षको प्रवचन दिनु भएको थियो ।  जसमा बौद्ध धर्मको विचार, सिद्धान्त र प्रसार-प्रसारका विधिहरु थिए ।

विचारहरु

१. विभिन्न कामकाजहरु गर्दा धैर्यता हुनु पर्छ । किनभने हरेक काममा अधिक होस्, या कम, समस्याहरु संग सामना गर्नु पर्ने नै हुन्छ । जस्तै मौसमको परिवर्तनमा हुने कठिनाइ संग सामना गर्नु पर्ने, आफ्नो विभिन्न इच्छा आकांक्षाहरुलाई दबाएर राख्नु पर्ने वा आदि ।

२. आफ्नो उद्देश्य के होथाहा पाउँनु पर्छ । अनि मात्र हामी सामु आएका अवरोधको सामना गर्न सक्छौ । यदि आफ्नो लक्ष्य स्पष्ट छैन भने कोही आएर हाम्रो काममा बदमासी गर्न आउँदा वा बाधा दिन आउँदा हामी विचलित भई असुरक्षित तरिकाले काम गर्न पुग्छौं । जसले गर्दा हामी जुन काम गर्छु भनी केन्द्रित गरि राखेको हो । त्यस कामबाट विचलित भई अन्तै तिर मोड्ने हुन सक्छ ।  

३. अरुलाई सताउँने काम नगर्ने जुन सुकै काम गरे पनि अरुलाई चोट पुग्ने वा शारीरिक र मानसिक हिंसा हुने काम नगर्ने ।

त्यस कारण कसैको कल्याण मित्र बनि उनीहरुलाई सम्झाउँन र अरुलाई सुख दिने कामको थालनि गर्न माथिका कुराहरुलाई ल्याएर पहिले आफुमा जाँच गर्ने कि, आफुमा त्यो गुणहरु छ कि छैन । छैन भने पहिले आफुमा विकास गर्ने र नराम्रो बानीहरु छ भने त्यसलाई  सुधार्ने गर्नु पर्छ ।

सिद्धान्तहरु

१. सबै प्रकारका अकुशलहरु नगर्ने ।  २. सबै प्रकारका कुशलहरु गर्ने ।  ३. आफ्नो मनलाई शुद्ध गर्ने ।

साँचो शान्ति प्रचार-प्रसार गर्ने विधिहरु

कुशल काम गरी आफु र अरुलाई प्रशिक्षण दिन सक्ने एक राम्रो उदाहरणीय ब्यक्ति बन्ने विधिहरु

१. कसैलाई केही कुराको जानकारी  गर्न जादाँ, उनीहरुलाई हानी हुने, बिघ्नबाधा हुने काम नगर्ने, ब्यंगात्मक कुराहरु पनि नगर्ने ।                                                                                              

२. आफुले भनेको कुरालाई विश्वास गर, भनी बल शक्तिको प्रयोग गरी पिट्ने वा चोट पुर्याउँने काम नगर्ने ।

३. आफ्नो बानी आचरणमा ध्यान दिने, कहि कतै केही नराम्रो काम भयो वा खरावी देखियो भने, अरुलाई दोष नदिइकन सब भन्दा पहिला आफु तिर फर्केर हेर्ने र त्यो खराव के कारणले भएको हो त्यसमा ध्यान दिई पहिला आफुमा सुधार गर्नु पर्ने भए सुधार्ने, आफ्नो बानी आचरणलाई अझ राम्रो तिर विकास गर्दै लाने काम गर्ने ।

४. एउटा ठूलो रुख जसले कम मात्रामा पानी खाएर पनि वातावरणलाई धेरै मात्रामा अक्सिजन र सितलता दिए जस्तै भिक्षुले पनि आफुले उपभोग गर्ने भौतिक वस्तुहरु ठिक मात्राको हुनु पर्छ । अति धेरै अभिलाशी पनि गर्नु हुन्न जसले गर्दा अरुलाई दुःख होस् र अति कम पनि हुनु हुदैन जसले आफुलाई नै कष्ठ हुन पुगोस् । आफुले उपभोग गर्ने वस्तु ठिक्क मात्रामा होस् तर त्यसको प्रयोगबाट समाज र विश्वको लागि धेरै फाइदा होस् ।

५. हर्षोल्लास जीवन नबिताइ आफ्नो दैनिक जीवनमा समय तालिका मिलाई ज्ञानको खोज गर्ने वा आफुमा भएको गुणधर्मको बारे  विचार गर्ने र अहिले वर्तमान समयमा आफुले गरिरहेको काम, आफ्नो लक्ष्य संग मेल खाएको छ वा छैन , र कुशल हो कि अकुशल  भन्ने कुरामा आफुलाई केन्द्रित गर्ने । 

६. ध्यान भावना गरी आफ्नो मनलाई सफा र उज्जालो गर्ने जसले गर्दा आफ्नो वरपरका मानिस र समाजलाई पनि ज्ञानको उज्जालो दिन सकोस् ।

जब भगवान बुद्धले यसरी ओवाद दिनु भई सके पछि सारा अरहन्त भिक्षुहरु त्यस शिक्षाबाट बुद्धशासनलाई विभिन्न ठाउँहरुमा प्रचार-प्रसार गर्न निस्कनु भयो । प्रचार-प्रसारमा जादाँ एकै दिशामा नदोहरिने गरी वा एक दिशामा एक जना मात्र जानु भयो । जसले गर्दा बुद्धको मुल सिद्धान्त र शिक्षाहरुबाट विश्व भरमा छरिएका  सारा मानिसलाई वा धेरै भन्दा धेरै मानिसहरु सम्म त्यो ज्ञान पुगि उनीहरुले पनि  साच्चैको आन्तरिक शान्ति प्राप्त गर्न सकोस् । 

यदि विश्व भरका सारा मानिसले त्यो ओवाद प्रातिमोक्क्षका सिद्धान्त र शिक्षा अनुसार अभ्यास गरे भने सबले साँचो आन्तरिक शान्ति, मनवता, सद्भाव, शुभकामना, क्षमा र एक अर्काको उदारता महसुस गर्नेछन् । एक विश्वव्यापी प्रेम जुन साँचो शान्तिका साथ संसारमा देखा पर्दछ ।

साँचो खुशी र विश्व शान्ति आफु भित्रबाट सुरु हुन्छ ।

माघ पूर्णिमा दिन, संसारको सबै महत्त्वपूर्ण दिनहरु मध्ये एक महत्त्वपूर्ण दिन हो । यो दिन नभएको भए संसारले सही र उत्तम जीवन जिउँने र साँचो लक्ष्य तिर आफुलाई डोर्याउँने सही तरिका थाहा पाउँदैन थियो । तसर्थ मानवजातिलाई महान बुद्धिबारे  परिचय गराउँने भगवान बुद्धको ओवाद प्रातिमोक्क्षलाई हामीले ध्यान दिनु पर्छ । साथै १,२५० जना अरहन्त भिक्षुहरु जसले त्यो शिक्षालाई आजको वर्तमान दिन सम्म पुग्ने गरी प्रचार-प्रसार गर्नु भएकोमा उहाँहरुलाई  सम्मान पनि गर्नु पर्छ । भगवान बुद्धको समय देखि अहिलेको बु.स. २,५६४  सम्म त्यो धर्म शिक्षा विश्वव्यापी रुपमा फैलि रहेको छ । र यसलाई विश्वका लाखौं नागरिकहरुले अभ्यास गरी रहेका छन् । जस भित्र हामीले शान्ति पाउँन सक्छौं । जब हामी ध्यान गरी आफ्नो मनलाई शुद्ध गर्छौं । तब आफुमा अरु प्रति गहिरो समझको भाव उत्पन्न हुन्छ । हामी कुनै शर्त विना नै  विश्वव्यापी रुपमा सबलाई करुणा र प्रेम गर्न पुग्छौं । यदि हामीले भगवान बुद्धको शिक्षालाई सार्वभौमिक भलाइको लागि अभ्यास गर्यौं भने हरेकमा उत्पन्न हुने ब्यक्तिगत सुख आफ्ना प्रियहरुमा फैलाउँने काम गर्दै त्यसको लगतै हाम्रा वरपरका मानिसमा, गाउँ-शहरमा र देश भरी फैलिदै पूरा विश्वमा नै फैलिने हुन्छ । 

विश्व शान्ति तपाईको हातमा छ ।

विश्व शान्ति भन्ने कुरा ठूलो विषय हो । यो एक ब्यक्तिले वा कुनै एक संस्थाले गरी उत्पन्न हुने होइन, त्यति सजिलो कुरा होइन यो । अतित समय देखि वर्तमानको यो समय सम्म धेरै सं-संस्थाहरु विश्वमा शान्ति उत्पन्न गर्न स्थापना भएको छ । तर आज सम्म पनि विश्वमा शान्ति भने उत्पन्न भएको देखिदैन । त यहाँ हामी विश्व शान्तिको विषयलाई माथिको ओवाद धर्ममा राखि विचार गरी हेर्दा आफ्नो शारीर मन र वचनलाई शुद्ध र सफा गरी राम्रो काम गर्ने तिर आफुलाई विकास गर्यो भने यो शान्ति उत्पन्न हुन सजिलो छ । यसको लागि केवल आँखा बन्द गरी ध्यान भावनाको बलले आफ्नो आन्तरिक साँचो सुखलाई फेला पारी त्यसै तिर विस्तारै,  वरपरका मानिसहरुमा फैलाउँने हो । यसरी एकबाट अर्कोमा फैलाउँने क्रममा, फेरी अर्कोले पनि त्यसरी नै ध्यान बलले सुख प्राप्त गरी अर्कोलाई फैलाउँदै जाने क्रमलाई निरन्तरता दिने हो ।

त्यसकारण, माघ पूर्णिमाको दिनलाई हामीले ध्यान भावनाको बलबाट जुन आन्तरिक शान्ति प्राप्त गरेका हौं । त्यसलाई विस्तार रुपमा एक मनबाट अर्को मन सम्म सम्पूर्ण मानवहरुले एक आपसमा आदान-प्रदान गर्ने दिन मान्न सकिन्छ । यसरी अन्तमा सबै संग आन्तरिक सुख प्राप्त हुदै विश्वमा शान्ति उत्पन्न हुनेछ ।

जब संसारका प्रत्येक मानिसले साँचो आन्तरिक सुख थाहा पाउँने हुन्छ । तब सारा मानिसको  मन शान्त हुन्छ र त्यही बेला उसले सुख र युद्ध दुबैको वास्तविक कारणलाई पनि बुझ्दछ । यसै स्पष्टताका साथ हामीले द्वन्द्व, लोभ, क्रोधको युगलाई अन्त गर्न सक्छौं । जब एक पटक हामीमा शान्ति आउँछ । त त्यो हामीले गर्ने शारीरिक काम, बोली र विचारमा झल्किन्छ । सबै प्राणिको लागि प्रेम र राम्रो मनसाय देखा पर्नेछ । हामी, वरिपरिका मानिसहरुको लागि शान्तिको केन्द्र बन्ने छौं । जस्तै सूर्यको प्रकाशले ठूला-साना ताराहरु चाहे त्यो नजिक होस् या टाढा होस् चम्किरहेने हुन्छ ।

( धम्मजयो भिक्षु )

त हामी यहाँहरु सबैलाई माघ पूर्णिमाको दिन ONLINE मा ZOOM को मार्फत प्रदीप पूजामा सहभागी भई दिनु हुन विनम्र अनुरोध गर्दछौं । सबैले उचित र शिष्ट लुगा लगाएर साथमा दियो लिएर सहभागी भई दिन पनि अनुरोध गर्दछौं । जसले गर्दा हामी साच्चै नै कार्यक्रम स्थल मै आएर सहभागी भएको अनुभव गर्न पाउँन् ।